Saturday, July 21, 2012

प्रमेश कँडेल


सायद उस्लाई फुलले पनि बिझाएको थियो
लडिन्छ कि  भन्दै  काँडा  समाएको  थियो

खै  त उनी?  प्रमेश! भनी  सोधेकोथेँ  मैले
पहिलोपल्ट  उस्ले  चित्त  दुखाएको  थियो

केही  खोज्न  ऐना हेर्‍यो  अनी  फोडिदियो
आज    उस्ले  आँफैलाइ  हराएको   थियो

बोल्नेहरु    पर्दा   पछी    धेरैथरी    बोले
समयले  उस्लाई  यस्तो  बनाएको  थियो  

फर्किएला, मात्र  सोची   हुन्छ  भनिदिएँ
धेरै सोची  उस्ले  हात  हल्लाएको  थियो

No comments:

Post a Comment