Saturday, July 21, 2012

जीरन जार राई "संकल्प थुलुङ"


बैंश छदा सब्को लागी आँखा भइयो
रंग गयो सबैबाट पाखा भइयो /

सबै राम्रा देख्छन् सब्को बैंश छदा
त्यहि रंग भए सम्म काखा भइयो /

बल बुद्धि रुप गए बुढेस कालमा
मुटु छाम्दै बसि खाने माखा भइयो/

जति भए दु:ख आफ्ना सुन्नन् कसैले
सब्को लागे दु:ख दिने साखा भइयो /

जान्न सास छैन आश बाँचि रहन
भार माथि भार दिने दाखा भइयो /



No comments:

Post a Comment