Sunday, July 22, 2012

तिलक अनुरागी


कसम तिम्रो दिलमा बिषादि भरेकोछ
कोमल मुटुको पथमा काँडा छरेकोछ!

पलमै बसमा पार्यौ पलमै डसेर मार्यौ
भन अपराध त्यस्तो मैले के गरेकोछ!

आँसु साटेर लिए मुटु काटेर दिए
अबत जिउने आधार सबै मरेकोछ!

मायामा बेईमान गर्ने बानि देखेर हेर
प्रेमको यो फुल कोपिलामै झरेकोछ!

मुहार हेर्ने ऐना छातिको भित्ताबाट
थाहै नपाई आज अन्तै सरेकोछ!

No comments:

Post a Comment