जोडका तोड हुन्छे जेठान तिम्री बैनीले,,
खै कस्का कुरा सुन्छे जेठान तिम्री बैनीले,,
यस्तो नगर सुन्तली भन्दा उल्टै सराप्छे,,
बाउ बाजे पो छुन्छे जेठान तिम्री बैनीले,,
सम्झाईदिए तिमीले जेठू सम्झिन्छे होला,,
म बोले कान थुन्छे जेठान तिम्री बैनीले,,
चर्को स्वरमा हकारौ भने पिन्चे बानि छ,,
डाँको छोडेर रुन्छे जेठान तिम्री बैनीले,,
माईती धाक लगाई हाल्छे बोलि बोलीमा,,
मान्दिन कैले मुन्छे जेठान तिम्री बैनीले,,
No comments:
Post a Comment