Sunday, July 22, 2012

रोहित राना


निश्चल चोखो मायाको,खानी हौ तिमी
मिठो मह दिने माहुरीको,रानी हौ तिमी

सपनीमा केवल तिम्लाई,देख्छु मैले हेर
कोमल मेरा दुई आँखाको, नानी हौ तिमी

तिमी बिना अपूरो छ,जिउन एक पल यहाँ
जीवन्त संगै रहने,जिन्दगानी हौ तिमी

पिउन सबैले खोज्ने, अमृत पाए याँहा
मैले पिउने निर्मल निर्झर,पानि हौ तिमि

सुरु भयो तिमी देखि,यात्रा जिन्दगीको
धड्कीने ढुकढुकीको, राजधानी हौ तिमी

No comments:

Post a Comment