Saturday, July 21, 2012

सजना गुरुङ


पाप कति गर्छौ भित्र, अब पर्दा खोलि देउ !
छैन देश हिजो सरी , अब साँचो बोलि देउ !

कति मोह धन संग , सबै थोक बिर्सी दियौ
आज तिमी मोज गर , जन लाइ भोलि देउ !
गाह्रै होला अपराध तिम्रो माफी हुन लाइ
चाहे तिमी पैसा भरी जति ठुलो झोली देउ !

मेटी दैन कर्महरु , खोज जति लुकाउन
परिक्षानै लिन चाहे आफै बिष घोली देउ !

होसियार हुनु अब , नेपथ्य भित्र पनि
सिद्दीदैन वीरहरू , रगतको होलि देउ !

No comments:

Post a Comment