Tuesday, January 10, 2012

बद्रि चम्लागाई

हेर आज   नेपाललाई अरुले नै किन्न  लागे
सिमानाका  खम्बाहरु आज सबै छिन्न लागे

बाहिर -बाहिर माया गर्ने नेपालका सन्तान हरु
भित्र- भित्र देस बेची अन्त कतै हिड्न लागे

उजाड -उजाड भए पछी  नेपालयो  नेपाली  ले
आफ्नो कोहो पराई कोहो बल्ल चिन्न लागे


असल भन्ने कोहि  छैन सबै रैछन जाली यहाँ
स्वार्थ पुरा गरि  आज सबै भिन्न- भिन्न  लागे

2 comments: