कोइ अरुको कुरा सुन्दै हल्ली हल्ली हिड्ने मान्छे
मेला बजार भिड भाडमा दल्ली दल्ली हिड्ने मान्छे
जानी जानी देखि देखि नदेखेझैँ जस्तै गरि
मूलबाटो त्यो छोडेर गल्लि गल्लि हिड्ने मान्छे
देखे भनि चिन्छन होला बोलाऊछनकी जस्तो गरि
चारैतिर हेर्दै छिटो डल्ली डल्ली हिड्ने मान्छे
बेलामानै होस् पुर्याउ सके सम्म यस्ता बाट
मौका छोप्ने इनैत हुन् छल्ली छल्ली हिड्ने मान्छे
No comments:
Post a Comment