Tuesday, January 10, 2012

सुन्दर कुरुप

म त्यहि  खसू भन्छु जहाँ  सधै   खस्छौ  तिमी
अझ सम्म देख्या छैन भगवान कहाँ बस्छौ तिमी

जुनले  मात्र  एक्लै कहाँ जित्न  सक्छ  अन्दकर्लाई
सधै साझ पर्दा ए घाम!कुन आकासमा पस्छौ तिमी

सक्छौ  भने  ए  मृतु   मान्छे  बनि  दुख    झेल
मान्छे भको केहि क्षणमै भाग्न कमर कस्छौ तिमी

ए  ढुंगा  सधै  तिमी  पहाड  लाई  थामी  राख
खोला संगै बगेउभने बीच बगरमै फस्छौ तिमी

आताहरुलाई थाहा होलान रातमा तिमी के के गर्छौ
दिनमा   भने  जोगी  बनि  खरानी   घस्छौ  तिमी

1 comment: