Monday, December 26, 2011

प्रेम चापागाईं

किताबनै  छन्   झोलामा तर   पड्नुको अर्थ छुट्टै
लाईन  मिची मिची कन अघी बड्नुको अर्थछुट्टै

सगरमाथा सिखरमा  पाइला  राख्न  जाने  पनि
सिखर चुम्ने बहना रैछ   चडनुको अर्थ छुट्टै

ठुला पाटी,ठुला  नेता कती  लालाइत  याहा
देस भक्त   भन्दै  यहाँ   लड्नुको    अर्थ  छुट्टै

को स्वीकार्छ ? भाग्न पाउदा जाली हुन दोषी हुन  
यहाँ चोर चोर ,पकड पकड भन्दै  दगुर्नुको अर्थ छुट्टै

गर्ने कालु, खाने भालु , अब्जस पाउने लालु हुन्छ
याहा लालुहरु  बीचबाटोमै अड़नु को अर्थ छुट्टै

कोइ अरुको  कुरा  सुन्दै   हल्ली - हल्ली  हिड्ने  मान्छे
मेला बजार भिड भाडमा दल्ली दल्ली हिड्ने मान्छे
 
जानी जानी देखी देखी  नदेखेझै जस्तै गरी
मूल बाटो त्यो छोडेर  गल्लि  
गल्लि हिड्ने मान्छे 

देख्यो भने  चिन्छन होला बोलाऊछन्की  जस्तो गरि
चारै तीर हेर्दै छिटो डल्ली डल्ली   हिड्ने मान्छे

बेलामानै  होस् पुरयाउ सकेसम्म  एस्ता बाट
मौका छोप्ने हुन्छन इनै  
छल्ली छल्ली  हिड्ने मान्छे

                                              

1 comment: