Tuesday, December 27, 2011

देबेन्द्र पौडेल

सम्हाल्दिने मान्छे भए, मन पोख्दैछ
छ कोही तयार रात काटन ?धन पोख्दैछु । ।

कसी लगाए हुन्छ यहाँ भर्जिन भने पनि हुन्छ
अघी बढ उठाउन लाई जोवन पोख्दैछु । ।

रास लीला होईन यो जवानी को बिमोचन
कसलाई कुन तरङग मनपरो, भन पोख्दैछु । ।


तिम्रा लागी ज्यान दिन तयार छु म सधै
तारा टिप्छौ कि जुन तिमी ? गगन पोख्दैछु । ।


यतिलामो जिन्दगी को यात्रा कठिन हुन्न ?
साथ दिने सुर र राग हरु गन पोख्दैछु । ।

No comments:

Post a Comment