क्षतिपूर्ति
दुइ दिन देखि को लगातार बर्षात पछी आकाश खुलेको थियो.....पुष महिनाको पारिलो घाम..मन लोभियो र घाम ताप्न भनि आँगनमा फुलबारी नजिकै कुर्सि तानेर बसें म पनि...केहि बेर अघि मात्र यसो खसार खुसुर पारेर गोडगाड पारेको फुलबारीबाट माटोको मिठो सुगन्ध आउदै थियो...धेरै दिन पछी फुलबारी सफा देखिएको थियो... त्यति गरेकैमा म मख्ख थिए फेरी कुनै पहाड नै फोरे झैँ...अचानक कोइ कानेखुसी गरेझै बिस्तारै खुसुखुसु गरेर कुरा गरे जस्तो आवाज सुन्छु ...यता उति हेर्दा नजिक कोइ देख्दिन....कोइ चोर डाँका त् हैनन् ..रात बिरात चोर्ने सल्लाह गर्दै गरेका .....कानलाई चनाखो पार्दै कुरा तिर ध्यान पो दिन मन लाग्यो र त्यसै गरे ...
"हेरन...दिन रात मेहनत गरेर सरसामान जुटाएको थिए ....आज कुन चाहिले मेरो घर भताभुङ्ग पारेर गएछ,,हैन के भएको हो आजकल..बाहिर त् सुरक्षा छैन छैन ..घर पनि एकछिन छोडेर हिड्नै भएन लौ " एउटा स्वर सुनियो
" मेरो पनि उस्तै छ ..हेरन के बिगारेका थियौ है हामीले तिनका र यसो गरे हुन् ..हेप्न दबाउने नि एउटा तरिका हुन्छ नि ..हैन, गरि खान पनि दिने भएनन् है " अर्को उस्तै स्वर सुने
म अझै ठनासिएर सुन्न खोज्छु यो आवाज कहाँ बाट आएको भनि ......
"ये हो र ? तिम्रो घर पनि लुटेछ्न है ती हैकमबादीहरुले...?" पहिलो स्वर सुनियो फेरी ..
"त्यहि त भन्न पर्यो ...घर सबै तोडफोड भएको छ ..खै कहाँ गएर नालिश गर्नु " दोस्रो स्वरले कुरा थप्यो
"हैन आरु साथीको तिर पनि उस्तै पो छ कि ?" सोधखोज गर्नु पर्यो नि " पहिलो स्वर ले भन्यो
" हो त नि है .. खै जाउँ न त गाउँ तिर सोध खोज गरौ" ..अर्को स्वरले भन्यो
" जानु पर्छ कुरो बुझ्न ...अरु साथीहरुको पनि घरहरु पनि लुटिएका रहेछन भने त् आन्दोलन नगरी हुन्न ...आफ्नो हक र अधिकारको लागि त् लड़नै पर्छ हामी ...क्षतिपुर्तिको माग गर्नु पर्छ ...हेर हामी एक जुट भएर अगाडी बढ्यौ भने र आन्दोलन गर्यौ भने हामीलाई क्षतिपूर्ति नदिएर सुख कहाँ पाउछन र ...उस्तै परे हामीले नेपाल बन्द नै गर्नु पर्छ क्षतिपुति माग गर्दै .." पहिलो स्वरमा केहि जोश थपिएछ क्यार ..जंगीएको सुने ....
त्यस पछी चकमन्न भयो ...म सोच्न थाले उफ्फ्फ़ अब फेरी यिनले नेपाल बन्द गर्ने होलान ...किनमेल गरेर सबै सरसामान जुटाई वरी राख्नु पर्यो ..नत्र भोकै मरिने होला नि ..कति पो दिनलाई बन्द हुने हो फेरी ..म घाम ताप्दै सोच्दै थिए ....
" हो हो साथी हो ..हाम्रो माग पुरा हुने पर्छ हामीलाई क्षतिपूर्ति दिनै पर्छ ..,,हैन भने हामीले पनि सबै घर ध्वस्त बनाएर छाड्नु पर्छ है साथी हो ... .".." हो हो ..गर्ने पर्छ ...".."हामीलाई क्षतिपूर्ति दिनै पर्छ "... गर्लम गुर्लुम ..चर्काचर्की आवाज सुने..... कतै कोहि देख्दिन ...कुनै भिडभाड पनि छैन .."हैन कहाँ बाट यो आवाज आउदै छ भन्दै म उठेर यता उति हेर्छु त एक हुल कमिलाहरु लस्करै ताती बान्दै फुलबारी बाट निस्केर मेरै घर तिर पो जादै छन् त ...................
कत्ति नै काम गरे भनेर आज फुलबारी गोडगाड गरेको त् .कमिलाहरुको घर नै पो भत्काएछु बा .....गर्नु गरेछु मैले पनि .. हे भगवान अब यिनीहरुलाई कसरि सम्हालु ...."पुलिस बोलाउनु पर्यो अब ...."

No comments:
Post a Comment