Thursday, December 22, 2011

रुद्र प्रभात


छोइबग्दा मनको नाता किनार भेटियोस्
मनको प्यास मेटाउने पियार भेटियोस्.


जब छुन्छ तिम्रा कोमल हातहरुले यो मन
मनको झंकार बजाउने गितार भेटियोस्.


सागरमा डुबे हिरा मोति पाइन्छ भन्छन्
तर त्यो मन् भित्रनै जुहार भेटियोस्.


खुल्ला आकाश भेट्नलाई चखेवाको जोडीबनी
एकै साथ हामी रम्ने संसार भेटियोस्.


किन खोजौ अब मुना अनि लैलाहरु यहाँ
तिमी भित्रै त्यस्तै माया अपार भेटियोस्।   

1 comment:

  1. गजलले मन छोयो रुद्र सर्....सारै मिठो गजल्...!

    ReplyDelete