Friday, January 6, 2012

शान्तिराम पोख्रेल निर्दोस


मेरो   पनि मनको कुरा  सुनीदेउ न  बिन्ती
मेरो    निम्ति   बरमाला  उनीदेउ न  बिन्ती

तिमी जुन बनि चम्केउ म छु तारा माझ
हजारौ ति तारा माझ  चुनिदेउ न बिन्ती

चन्चल बनी  मन मेरो उड्न खोज्छ आज भोली
तिम्रो मनभित्र राखी  थुनीदेउ न बिन्ती

मायामा त कहिले पनि अंसा बंडा हुन्न होला
भाग  गर्न  छाडी माया गुनीदेउ न बिन्ती

भन्ने छैन जुनी जुनी तिम्ले साथ दिनु पर्छ
मलाई  मात्र   यही  एउटा   जुनीदेउ न बिन्ती


No comments:

Post a Comment