Thursday, December 22, 2011

पुष्प अधिकारी अन्जली

देशभित्र यतिधेरै सङग्राम देखिरहेछु ।
बन्द हडताल र चक्काजाम देखिरहेछु ।

 के भयो फेरी यो रोगी आकाशमा आज,
 अव्यक्त रोइरहेको घाम देखिरहेछु ।

अँध्यारोहरूका बिरूध्द जूनकिरीहरुले क्रान्ति गर्दै गर्दा ,
अस्तित्वका लागि जून ताराको धर्तीमा लाम देखिरहेछु /

किन दौडिन्छन् यूवाहरू हुलका हुल प्रदेशतिर ,
आफ्नै देशभित्र यतिधेरै काम देखिरहेछु ।

 के पुगेन र तैँले राहादानी बेचिस "पुष्प"
 अख्तियारको कालो सूचिमा तेरो नाम देखिरहेछु  

No comments:

Post a Comment