Friday, December 23, 2011

महादेव अधिकारी


लोचन मेरा रसाए अनि लेखेर बसेको
दिउसै पनि सपना उन्कै देखेर बसेको

जुनेली फूल छोडेर बस्न अतिभो सकस
गालामा हुने आँसुको डोब मेटेर बसेको

अनन्त सुख पाईन्छ होला भनेर हिँडेको
संकट पीडा वेदना दर्द भेटेर बसेको

पवित्र प्रेम गरेको हुँदा उनैको भक्ति छ
मीलन हुने आशाको द्वार टेकेर बसेको

धेरैनै भयो फर्कन भनि कम्मर कसेको
भविश्य उन्को अगाडि आई छेकेर बसेको
                                                                         

No comments:

Post a Comment