Sunday, July 22, 2012

Basudev Budhathoki Sagar


नेपालरूपी पवित्र धाम यहीँ झर्न मन छ;
तिमीसित बाँची तिम्रै काखमा मर्न मन छ!

अब पनि टाढा बस्न सकिन्न सान्नानी;
वारि-पारि पार्ने खोली छिट्टै तर्न मन छ!

कति ढुक्ने,कति लुक्ने माया गर्न पनि?
दुनियाँले देख्ने गरी डेरा सर्न मन छ!

देखेको छु दु:खहरू कति सह्यौ कति!
जसरी नि तिम्रा दु:ख सबै हर्न मन छ!!

छताछुल्ल पोखिएको छरिएको माया!
थोपाथोपा सँगालेर 'सागर' भर्न मन छ!!

Nabin Acharya


देउता बस्ने मठ मन्दिरै, ढालिदिए आज मैले
तिमि बस्ने मुटु झिकी , फालिदिए आज मैले

एउटा मात्र हातले ताली , नबज्ने नै भए पछि
चोखो माया भङ्गालोमा, हालिदिए आज मैले

अनेक दुख सहँदा नि , तिम्ले पराई ठाने पछी
आफ्नै हात्ले आफ्नै संसार,बालिदिए आज मैले

आफ्नै खुसि बेची तिम्रा, खुसि किन्न नसकेसी
लाचार आफ्नै आत्मालाई, गालीदिए आज मैले

मेरो जीवन तिम्रो लागि,बाधक बन्न थाले पछी
बिबस पाईला स्वर्ग तिर , चालिदिए आज मैले

देउता बस्ने मठ मन्दिरै, ढालिदिए आज मैले
तिमि बस्ने मुटु झिकी , फालिदिए आज मैले
╰☆╮Raja╰☆╮
<>लेटांग ४ मोरंग<>